जनमुक्ति खबर दोस्रो वर्षमा प्रवेश : जनताका आवाजलाई अझ सशक्त बनाउने प्रतिबद्धता
जनमुक्ति खबर , डेस्क ।
भरतपुर । सत्य, तथ्य र जनपक्षीय पत्रकारितालाई मूल मन्त्र बनाएर सञ्चालित जनमुक्ति खबर आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। पहिलो वर्षको यात्रामा जनताका आवाज, समस्या, गुनासा तथा सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको जनमुक्ति खबरले आगामी दिनमा पनि निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
डिजिटल पत्रकारिताको बढ्दो प्रभावसँगै जनमुक्ति खबरले आफ्नो वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल तथा राज अफिसियल प्लेटफर्ममार्फत स्थानीयदेखि राष्ट्रिय तहसम्मका समाचार, जनचासोका विषय, विकास निर्माणका गतिविधि, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण तथा सम्बन्धित निकायको जवाफदेहितासम्बन्धी सामग्री निरन्तर प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
विगत एक वर्षको अवधिमा जनताले भोगिरहेका समस्या, स्थानीय सरकारका गतिविधि, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सामाजिक विकृतिका विषयलाई प्राथमिकताका साथ उजागर गरिएको थियो। यस क्रममा नागरिकका गुनासा सम्बन्धित निकायसम्म पुर्याउने तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको छ।
जनमुक्ति खबरका विभिन्न डिजिटल प्लेटफर्महरू — जनमुक्ति खबर, जनमुक्ति खबर फेसबुक पेज, जनमुक्ति खबर युट्युब च्यानल तथा राज अफिसियल — मार्फत प्रकाशित सामग्रीहरूले नागरिक र सरोकारवाला निकायबीच पुलको काम गर्दै आएका छन्। विशेषगरी जनताका प्रश्नलाई सम्बन्धित निकायसमक्ष पुर्याएर जवाफ खोज्ने अभियानलाई दर्शक तथा पाठकबाट सकारात्मक साथ र समर्थन प्राप्त भएको छ।
दोस्रो वर्षमा प्रवेशसँगै जनमुक्ति खबरले अझ खोजमूलक, तथ्यपरक र जनहितमुखी सामग्री उत्पादन गर्ने लक्ष्य लिएको छ। भ्रष्टाचार, अनियमितता, सार्वजनिक सेवाको प्रभावकारिता, सुशासन, सामाजिक उत्तरदायित्व र जनजीविकासँग सम्बन्धित विषयलाई थप प्राथमिकतामा राखिने जनाइएको छ।
यस अवसरमा जनमुक्ति खबर परिवारले सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक, विज्ञापनदाता, समाचार स्रोत तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। यहाँहरूको निरन्तर साथ, सुझाव र विश्वासकै कारण जनमुक्ति खबर आज दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको हो।
“जनताको आवाज, सत्यको पक्षमा” भन्ने मूल उद्देश्यका साथ जनमुक्ति खबर आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी पत्रकारितामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।





