कार्की आयाेगकाे प्रतिवेदन नै प्रतिसाेधपुर्ण: नेकपा ( माओवादी )

कार्की आयाेगकाे प्रतिवेदन नै प्रतिसाेधपुर्ण: नेकपा ( माओवादी )

सरकार विरुद्ध संघर्षमा उत्रिन आह्वान ।

गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भएका घटनाको बिषय शुसिला नेतृत्वको सरकारले पुर्व न्यायाधीश गाैरी बहादुर कार्कीकाे संयाेजकत्वमा छानबिन आयाेग गठन गरेको थियो ।उक्त आयाेगले निर्वाचन अघि नै आफ्नो कार्य पूरा गरि सरकारलाई छानबिन प्रतिवेदन बुझाएको थियो । नजिकै रहेको निर्वाचन बिथोलिने डरले त्यस समय प्रतिवेदन सरकारले लुकाएको थियो । हिजो मात्रै नयाँ सरकारले सपथ लिए संगै प्रतिवेदनमाथि कार्यान्वयनकाे भारि उचाल्दै आज एका- बिहानै रमेश लेखक लगायत केपी शर्मा ओलीलाई पक्राउ गरि काठमाडौं प्रहरी परिसर राखिएको छ यसै विषयमा विभिन्न राजनीतिक दल र उनका भातृ- संगठनहरुले आन्दोलनमा जाने बताईरहँदा छुट्टै राजनीतिक धारमा रहेको दल नेकपा ( माओवादी ) ले यस्ता किसिमका सरकारकाे रबैया प्रति भर्त्सना गर्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ विदेशी दलाल नेतृत्वमा रहेको बालेन सरकार कम्युनिस्ट पार्टी हरु निमिट्यान्न पार्न उद्यत् रहेको बताएका छन् । यस्ता क्रियाकलापका विरुद्धमा सबै वामपन्थी शक्ति , देशभक्त र लाेकतान्त्रिक दलहरुलाई संघर्षमा उत्रिन आह्वान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित