जनमुक्ति खबर , सम्वाददाता कैलाली ।
गरिब- सुकुम्बासीकाे घर भत्काउनु अमानवीय काम: स्थानीयबासी
धेरै बर्ष अघिदेखि कैलाली जिल्ला गाेदावरी नगरपालिका,वडा नं- २ मा भुमिहिन सुकुम्बासीहरु बस्दै आइरहेका थिए ।
यहि चैत्र २ गते डाेजर सहित सुशीला सरकारका प्रतिनिधि कृष्ण बहादुर बाेहरा र शिव कठायतले एकाएक त्यहाँका घरटहराहरुमा डाेजर चलाउन थाले , बिचरा भुमिहिन गरिब,सुकुम्बासीकाे आफ्नो भन्ने काेहि थिएनन् बस् उनिहरु संग बाेल्न सक्ने र प्रतिरोध गर्नसक्ने क्षमताकाे पनि केही लाग्ने अवस्था थिएन । राज्य पूरा शक्ति सहित उक्त बस्तीमा प्रवेश गरेका थिए । त्यहाँ काेकाेहाेलाे मच्चियाे काेहि रुन थाले काेहि सरकार र भर्खरै चुनावमा आफुले नै भाेट हालेर जिताएकाे जनप्रतिनिधिलाई धिक्कार्न थाले । स्थानीय बासीकाे भनाइ अनुसार त्याे दर्दनाक अवस्था देख्दा हाम्रो मन छिया- छिया भएको र सरकारले वैकल्पिक व्यवस्थापन नगरीकन यस्तो धरपकड गर्नु अमानवीय व्यबहार भएको भन्दै विरोध गरिरहेका थिए ।
यतिकैमा जग्गा अतिक्रमकाे नाममा सुकुम्बासीहरुका बर्षाैंदेखिकाे ओत लाग्ने घर तहसनहस पारियाे । र अहिले उनिहरू बेसहारा बनिरहेका छन । यसै बिषयलाई लिएर विभिन्न संघ- संगठनहरुले विराेध जनाई रहेका छन् । नेकपा ( माओवादी ) निकट अखिल नेपाल सुकुम्बासी संघले विज्ञप्ति जारी गर्दै घाेर भर्त्सना गरेको छ । विकासकाे हस्ताक्षरित विज्ञप्तिमा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था विना गरिएको यस घटनाका दाेसीहरुलाई संगठनले कारबाही गर्ने चेतावनी दिएको छ ।





