फागुन २१ नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरूले आफ्ना संघर्षका कार्यक्रमहरु गरिरहेका छन् । राजावादी संगठनहरु दुर्गा प्रसाईं समूह र सडक संघर्षरत वाम पार्टी हरुले पनि याे निर्वाचन खारेजीको माग गर्दै कार्यक्रमहरु गर्दै आईरहेकाे छ । आजै नेकपा ( माओवादी ) र फागुन ५ गते ५ कम्युनिस्ट घटकहरुले नेपालबन्द सम्मका कार्यक्रम राखेको छ । र विभिन्न ठाउमा निर्वाचन विथाेल्ने र आतंक सिर्जना गर्ने हेतुका साथ कार्यक्रम भैरहेको छ । आजै बाँके जिल्लाकाे खजुरामा अज्ञात समूह द्वारा बम राखिएको र नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा उक्त क्षेत्रमा बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ । हाल सम्म कुनै पनि समुहको आधिकारिक पर्चा नभेटेपछि अज्ञात समुहको आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।





