राजकुमार तिमिल्सीना , चितवन ।
फाल्गुन १ गते नेपालबन्द गर्दै नेकपा ( माओवादी )
जनयुद्धको थालनी गरेको लगभग ३० वर्ष पूरा गरि ३१ वसन्त प्रवेश गरेको छ । उतिबेला जनयुद्धताका जनताका समस्याहरु जातीय क्षेत्रीय उत्पिडन , वर्गीय असमानता एवम् जनहरुले भाेग्दै र बेहाेर्दै गरेको गाँस,बास,कपास ,शिक्षा स्वास्थ र राेजगारकाे पुर्ण ग्यारेन्टीकाे सुनिश्चितताका निम्ति २०५२ फाल्गुन १ गते दिर्घकालिन जनयुद्धको घाेषणा भएको थियो । मार्क्स – ऐंगेल – लेनिन – स्टालिन र माओका पथ प्रदर्शक सिद्धान्तको शिराेपर गरि थालेको जनयुद्ध नेपालमा १० वर्ष भयानक र विश्वभर नै नयाँ कम्युनिस्ट एवम् सर्वहारा जनता माझ लाेकप्रिय बन्यो । जनयुद्धले नयाँ शिराबाट नेपाली जनता माझ दुनियाँलाई संखघाेष गर्याे र नेपाली उत्पिडित वर्ग , जातीय क्षेत्रीय समस्या , लैंगिक विभेद र आवाज विहिनहरुकाे आवाज बन्यो । जनतामाथि यति लाेकरुझानमा परेको माओवादी अन्ततः संघिय लाेकतान्त्रिक गणतन्त्रको एजेन्डामा समावेश भई नेपालका सात राजनीतिक दल , नेपाल सरकार र नेकपा ( माओवादी ) काे संयुक्त रुपमा बृहत शान्ति सम्झौताको नाममा जनयुद्धकाे विसर्जन गरियो । १० वर्ष सम्म लडेका लडाकुहरु बेखबर भए , धाईते याेद्धाहरु अहिले पनि जिउँदो शहिदकाे रुपमा बाँचिरहेका छन् । हिजो जनताको सियो धागाे समेत नचलाउने माओवादीहरु विचल्लीमा परे । असंख्य दलित,कमैया,जनजाति ,मुस्लिम र अल्पसंख्यकहरु दाेसाँधमै रहे हिजो एकले अर्काकाे बलिदानमा तछाँडमछाड गर्ने माओवादीहरु उतै बाटोमै हराए । तर त्यहि माओवादीकाे नाममा ४/४ पटक सरकार बन्यो २०६४ मात जनउभारले झण्डै बहुमतको सरकार बन्यो । तर हिजोका ती माओवादी उतै कतै विर्सदै गए । शान्ति प्रक्रिया काे शहर बसाइँ पछि माओवादी पनि नयाँ भयो । गुण्डा,तस्कर र भ्रष्टहरुकाे अखडा बन्यो र हिजोका हैन आजका माओवादीले जनयुद्ध कालिन पार्टी नै सर्लक्कै निल्याे र अहिले न जनयुद्धका नायक नै माओवादीमा छन नत शसक्त माओवादी नै उनका पक्षमा छन् । आज माओवादीकाे सानाे धारा समाईरहेका केही जनयुद्धकालिन पार्टीहरु त सडकमा छन् तर जनयुद्धकै शैलीमा पार्टीलाई अगाडि बढाउने साहस कति गर्लान् हेर्न बाकी छ यसै सिलसिलामा महावीर नेतृत्वको नेकपा ( माओवादी ) ले ३१ ओैं जनयुद्ध दिवसको अवसर पारेर ६ महिना अगाडि जेन्जी पुस्ताहरुकाे नेतृत्वमा भएको आन्दोलन त्यसबाट सृजित उपलब्धिलाई अहिलेकाे सरकार र दलाल संसदीय व्यवस्था विरुद्धमा फाल्गुन १ नेपालबन्दकाे घाेषणा गरेको छ ।

देशीविदेशी शक्तिकाे आडमा बनेको सरकार तत्काल विघटन गरि क्रान्तिकारी जेन्जीहरु सम्मिलित नेकपा ( माओवादी ) काे नेतृत्वमा सरकार गठन गर्न माग समेत गरेको छ । जेन्जी आन्दोलनका घाइतेको नि:शुल्क उपचार , जेन्जी आन्दोलनरत आराेपितहरुलाइ अहिले जेल र हिरासतमा राखिएकोमा रिहाइको माग गरेको छ । जेन्जी आन्दोलनकै नाममा घुसपैठ गरेका देशीविदेशी तत्व र राष्ट्रिय सम्पदा माथि आगजनी गर्ने जाेकाेहिलाई कठघरामा उभ्याई कारबाही गर्न माग गरेको छ । त्यसै गरि महासचिव महावीरले विज्ञप्ति जारी गर्दै भनेकाछन् कथित फाल्गुन २१ गतेकाे निर्वाचन खारेज गर्न र २०७२ काे संविधान खारेजीको पनि माग गरेकाछन् । राष्ट्रिय उद्योगी व्यवसायी ,राष्ट्रिय पुजीपती , शैक्षिक संस्था , यातायात व्यवसायी देशभक्त ( राष्ट्रप्रेमी ) गणतन्त्रवादी सम्पूर्ण शक्तिहरुलाई शान्तिपूर्ण १ दिने नेपालबन्द कार्यक्रममा सहयाेग गर्न अनुराेध गरेको छ । त्यसैगरी मानवअधिकारवादी संस्थाहरु,पत्रकार , कुटनैतिक नियाेगहरुलाई निरिक्षण र अनुगमन गर्न पनि अपिल गरेको छ ।





