जनमुक्ति खबर, राजकुमार तिमिल्सीना
चितवन ३ मा बाजि मार्ने दाउमा दलहरु
चितवन निर्वाचन क्षेत्र नं.३ काे निर्वाचन कार्यालयकाे आधिकारिक डाटा अनुसार १,५५,३०९ मतदाताहरु रहेका छन् ।
भरतपुर महानगरपालीकाकाे १९ वडाहरु र माडी नगरपालिकामा ९ वडा समावेस छन् । यस अन्तरगत सयाैं टाेल विकास समितिहरु पर्दछ ।
यसपालिको प्रतिनिधि सभा निर्वाचनमा सहभागी दलहरु प्रत्येक टाेलटाेलमा आफ्ना एजेन्डालाई जनता माझ पुर्याउन दिनहुँजसाे कार्यक्रमहरु र जनभेटघाट गरिरहेका छन् ।
यी राजनीति दलहरु मध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेणु दाहाल , रास्वपाका उम्मेदवार साेविता गाैतम, नेपाली काँग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङ , नेकपा एमालेका उम्मेदवार सराेज थपलिया ले भने आक्रामक प्रचारशैली अपनाएका छन् ।
दिनहुँ कुनै कुनै दलका कार्यक्रमहरु अहिले ३ नं निर्वाचन क्षेत्रमा हुँदै आईरहेकाे छ । अधिकांस दलहरु यसपालि अति विश्वासिलो आफ्ना काेर एरियाहरुमा विगतमा भन्दा भिन्नै तरिकाले प्रचारप्रसारमा संलग्न छन् । हेराैं यसपालि चितवन ३ काे मतदाताले कसलाई जिताउने हुन् हेर्न बाँकी छ ।





