विगत लामाे समयदेखि नेपाली राजनीतिक वृत्तमा नयाँ दलहरुकाे अपरिहार्यताकाे आवश्यकता महसुस गरिरहेका नेपाली जनताहरुले फेरि अर्को उदयीमान नेतृत्व तथा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पाएका छन् । संगठित अपराध र सहकारी ठगी प्रकरणका आराेपमा केहि महिनादेखि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहा संगै बालेन र रवि बीच निरन्तर भेटघाट जारी थियोे ।
पुराना दलहरुले जनताहरुलाई झुक्याएकाे , बिकास निर्माणका कार्यहरु नगरेकाे सुशासनको प्रत्याभूति हुन नसकेको र सम्पूर्ण निकायमा राजनीतिक प्रभाव र त्यसले भ्रष्टाचार गरेकोे ठहर गर्दै २०७४ काे स्थानीय , प्रदेश र संघीय निर्वाचनमा सहभागीता जनाईरहेका थिए ।
फलस्वरूप २०७९ काे स्थानीय निर्वाचनताका मुलुकका मुख्य शहरहरुमा युवा नेतृत्वहरु उदाएका थिए
भाद्र २३ र २४ काे जेन्जीहरुकाे सरकार ढल्ने सम्मकाे आन्दोलन पछि अधिराज्य भरि नै दलहरु एक- अर्कामा समाहित हुने र निर्वाचन युवा केन्द्रित कार्यक्रमहरु गरिरहेका छन् ।
यसै बीच रास्वपा र बालेन बीच भावी संसदीय दलका नेता र प्रस्तावित प्रधानमन्त्री र रवी लामिछाने पार्टी सभापति रहने निस्कर्ष सहित दुई शक्ति बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । स्मरणीय छ रवि लामिछाने अझै पनि अदालतबाट उन्मुक्ति पाएका छैनन् भने भाद्र २३-२४ काे युवाहरुकाे आन्दोलनमा बालेन शाहका कारण देशले क्षति बेहाेरेकाे , सिंहदरबार जलाएको लगाएतका आराेप छ ।





