जाडो बढे संगै पर्यटकीय शहर चितवनमा घुम्न आउनेहरुकाे भिड बढेको छ । कार्तिक १८ गतेदेखि चितवनको नारायणी किनारमा नारायणी महाेत्सव संचालन शुरु भएको छ । मुख्य आकर्षण लण्डन ब्रिजकाे डेमाे राखेर प्रदर्शनीमा राखेपछि देशैभरबाट हेर्न आउनेकाे घुइँचो बढेको छ । नारायणी महाेत्सव र अन्य जिल्लाहरुबाट चितवनको साैराह क्षेत्र अहिले थामिनसक्नु पर्यटन बढेको छ । बाहिरी पर्यटक र आन्तरिक पर्यटकका कारण साैराहका हाेटलहरु प्रायः भरिभराउ छन ।अहिले फेसबुक र टिकटक ट्रेन्डिङमा परे संगै चितवनका विभिन्न क्षेत्रमा आर्थिक काराेबार बढेको जानकारहरु बताउँछन् ।