चितवनमा बर्षाकाे सुरुआत
जनमुक्ति सम्वाददाता चितवन

जल तथा माैसम विज्ञान विभागले जनाए अनुसार गत चैत्र २६,२७ र २८गते देशका विभिन्न भुभागहरुमा हावाहुरी र चट्याङ सहित बदली भई विभिन्न स्थान पानी परिरहेको छ । चितवनमा पनि विहान देखि नै बदलि भई पानी परिरहेको छ । गतवर्ष असाेजदेखि चितवनमा पानी नपरेकाे कृषकहरुले बताए

केही दिनदेखि पानी पर्न खाेज्ने तर नपर्दा सिंचाइ व्यवस्था नभएका किसानहरु भने मर्कामा परेका थिए , अहिले मकैबालीमा पानी राख्नुपर्ने बेला हुँदासम्म पानी नपर्दा चिन्तित किसानहरु अब भने पानी पर्ने देखेपछि खुशी भएको भरतपुर महानगर २४ कि प्रयास महिला बहुद्देशिय कृषि समुहकी काेषाध्यक्ष दिपा मगरले बताईन ।