जनमुक्ति खबर , राजकुमार तिमिल्सीना
मधेसी पार्टीहरु पनि आतंकित
नेपाली राजनीतिक वृत्तमा बेलाबखत अचम्मको घटनाहरु देखा परिरहन्छन । नेपाली भुमिमा तराई , पहाड र हिमाललाई एकताबद्ध गर्न नसकेको मधेसी पार्टीहरु र पहाडिया पार्टीहरुकाे यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट बालेन शाहले किल्ला ताेड्ने सम्भावना बढेर गएको छ । राजतन्त्रात्मक व्यवस्था देखि लाेकतान्त्रिक गणतन्त्र आइसक्दा समेत तराई – मधेसमा विकासका कामहरु हुन नसक्नु , परम्परागत पार्टी र मधेसमा च्याउसरी उम्रिएका दलहरुले सधैं मधेस – तराईका मतदाताकाे भावना विपरीत कामहरु गर्दै रहे । भ्रष्टाचारकाे अखडा मधेस बन्याे । भुमाफिया,मिटरब्याज,किसान र उखुकिसानहरु सधैं पिडित बनिरहे । न मधेसी भाेटबाट मधेसी जनताको भावना अनुरुपकाे काम गरे सधैं भर्याङ मात्रै बनाई रहे मन्त्री र मुख्यमन्त्रीकाे रस्साकस्सीमा मधेसलाई सधैं उपेक्षित हुनुपरेकाे गहिराे घाउ अहिले पनि मधेसी समुदायमा आलै छ ।
मधेसका मसिहाहरुबाट निरन्तर हिंसा
विकास निर्माणमा जमिन्दारहरुकाे हालिमुहाली छ । अहिले पनि मधेसीहरु हातमुख जाेर्न देशका विभिन्न शहरहरुमा सस्तोमा आफ्नो श्रम बेच्न , भारतमा ठेला- गाडा र लेवर काममा जानुपर्ने तिताे यथार्थ जगजाहेर छ । शिक्षा र स्वास्थ्यमा कसैकाे ध्यान गएको छैन । अझ त मधेस- तराईका मधेसीहरु आफनै देश नेपालमा शरणार्थी जस्तै विदेशीकाे पगरी गुथ्नुपरेकाे दाग छ कालाे अनुहार भएकै कारण इण्डिएन भनेर हेपिनु पर्दा प्रसवपिडामा छन् ।
मधेसीहरु । त्यसैले यसपाली मधेसीमुलका काठमाडौं रैथाने बालेन्द्र शाहकाे राजनीतिक भाषणमा मधेस जुरुक्क जुरमुराएकाे छ । भावी दिनमा मधेसीको भावनामाथी मल्हम लगाउन कत्तिको तल्लिन हुन्छन बालेन र उनका टिम फेरि एकपटक समाजवादका सपना बाड्ने बालेनकाे भाषण वास्तवमै हेर्न बाकी छ ।





