समाचार

नेकपा ( माओवादी ) द्वारा गण्डक क्षेत्रमा अभियान संचालन

जनमुक्ति खबर सम्वाददाता , तनहुँ ।

पछिल्लो समय महंगी भ्रष्टाचार र दलाल राज्य व्यवस्थाकाे विरुद्धमा संघर्ष केन्द्रीत गरेको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले देशैभरी अभियान संचालन गरेको छ ।यसै सन्दर्भमा गण्डकी प्रदेशको विभिन्न जिल्लाहरुमा जनचेतनामूलक अभियान संगै संगठन निर्माण गरेकाे गण्डकी प्रदेशका व्यूराे सदस्य अग्नि पाण्डेले जानकारी गराएका छन ।

विगतमा माओवादीले खेलेकाे भुमिका सर्वहारा किसान / मजदुर / सुकुम्बासी / दलित र विभिन्न जातजातिहरुकाे आवाज बनेको माओवादी केही वर्ष देखि जनताको भराेषा बन्न नसकेको महान जनयुद्धको मुलमर्म विपरीत माओवादी नेताहरु ऐसआराम , विलासी जीवनशैली दलालीकरण,भ्रष्टिकरणकाे पर्यायवाची बन्दै गरेको अवस्थामा महावीर नेतृत्वको विद्राेही माओवादीले पर्चा,पम्लेट पार्टीको धारणा पत्र सहित प्रचारप्रसार गर्दै पुनः संगठन विस्तार र जनता संग टुटेको संम्बन्धलाई जाेड्न लागेकाे छ । यसै सिलसिलामा तनहुँ जिल्ला भानु नगरपालिका वडा नं ३ मा संगठन विस्तार एवम् जनसम्बन्ध सुधारका कार्यक्रम संचालन गरेको जनाएको छ । सहिद सप्ताहकाे अवसर पारेर पार्टीका कार्यवाहक महासचिव रणवीर द्वारा अभियानकाे उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु