गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्बन्धि तथा अन्तर्राष्ट्रिय खेलमैदान सम्बन्धि केहि महत्त्वपूर्ण सङ्क्षिप्त जानकारी ।।
१. मिति २०७५ साल माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसन बिच सम्झौता भई राष्ट्रिय सभा गृह काठमाडौं बाट निर्माणको घोषणा ।
२. मिति २०७६ साल जेठ १५ गते रंगशालाको सुरक्षार्थ लगाइएको बार तोडफोड ।
३. मिति २०७६ साल कार्तिक ६ गते भरतपुर महानगरपालिका सभा कक्ष बाट मास्टर प्लान तथा प्रारम्भिक बिस्तृत गुरु योजना (D.P.R) सार्बजनिक ।
४. मिति २०७६ साल मङ्सिर १ गते बिस्तृत गुरु योजना (D.P.R) तयार भई पहिलो चरणको निर्माण कार्य अन्तर्गत अन्तर्राष्ट्रिय खेल मैदान र सो को ड्रेनको निर्माण कार्य सुभारम्भ ।
५. मिति २०७६ साल माघ १६ गते सम्म ५५ मिटर (६० याड) को ३ वटा पिच सहितको नमुना खेल मैदान तयार ।
६. २०७६ साल माघ १९ गते देखि माघ २७ गते सम्म बृहत धनधान्याचल महोत्सव आयोजना ।
७. मिति २०७६ साल चैत्र ८ गते सम्म करिब २२ लाख लिटर पानी अटाउने क्षमता भएको ड्रेन निर्माणको काम सम्पन्न । अन्तर्राष्ट्रिय खेल मैदानको करिब ८०% काम सम्पन्न । स्ट्यान्ड ´ए` र स्ट्यान्ड ´बि` को जग ढलानको काम सुरु भई सम्पुर्ण जगको पि.सि.सि ढलान सम्पन्न ।
८. मिति २०७६ साल चैत्र ९ गते देखि बिश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड – १९) को कारण परियोजना पुर्ण रुपमा स्थगित ।
९. मिति २०७७ साल बैशाख २० गते देखि ३० जना जनशक्ति लाई क्वारेन्टाइनमा राखी पुनः निर्माण कार्यको थालनी ।
१०. मिति २०७७ साल जेठ १५ गते देखि स्ट्यान्ड ´ए` बाट पिलरको जग ढलान कार्य सुभारम्भ ।
११. मिति २०७७ साल असार ३० गते स्ट्यान्ड ´ए` अन्तर्गत को १४३ वटा पिलर ठडाई सम्पुर्ण पिलरहरुको जग ढलानको कार्य सम्पन्न ।
१२. मिति २०७७ साउन १ गते स्रोत ब्यबस्थापन भएको खण्डमा १८ महिना भित्र समग्र परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने घोषणा ।
१३.. मिति २०७७ साल भदौ २१ गते बाट स्ट्यान्ड ´बि` को पनि जग ढलानको लागि पिलर उठाउने कार्य सुभारम्भ ।
१४. मिति २०७७ साल मङ्सिर ५ गते स्ट्यान्ड ´बि` को पनि १४३ वटा पिलरहरुको जग ढलानको कार्य सम्पन्न ।
१५. विषम परिस्थिति संगै दशै , तिहार र छठ लगायतका चाडपर्वमा पनि निर्माण कार्य निरन्तर ।
१६. अहिले सम्म स्ट्यान्ट ´ए` र स्ट्यान्ड ´बि` को ३० हजार दर्शक अट्ने क्षमता भएको जग ढलानको काम सम्पन्न भई हाल टाइबिम र ढुङ्गाको वाल लगाउने कार्य निरन्तर ।
अन्तर्राष्ट्रिय खेल मैदान सम्बन्धि जानकारी ।
१७. गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अन्तर्राष्ट्रिय खेल मैदान मध्यबिन्दु बाट ७५ मिटर अर्धब्यासमा रहेको छ भने २ मिटर ड्रेनको भाग सहित जम्मा ७७ मिटर अर्धब्यास मा बनेको छ । मैदानमा ७ वटा पिच छन जसको जग १० वटा पिच बराबरको रहेको छ । मध्य पिच बाट स्ट्रेट बाउन्ड्री ८१ मिटर (८८ याड) लङ अन र लङ अफ बाउन्ड्री ७८ मिटर (८५ याड) , स्क्वायर लेग र डिप पोइन्ट बाउन्ड्री ७१ मिटर (७७ याड) , ब्याकवाड स्क्वायर लेग र थर्ड म्यान बाउन्ड्री ६५ मिटर (६९ याड) र स्टम पछाडिको बाउन्ड्री ६४ मिटर (७० याड) संगै यी सबै बाउन्ड्री मुख्य खेल मैदानको मध्यबिन्दु बाट ७२ मिटरमा रहदा हुन आउने बाउन्ड्री हुन ।
२०२५ सम्मको धुर्मुस-सुन्तली फाउन्डेसन र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (Gautam Buddha International Cricket Stadium) को विवाद र प्रगतिको अवस्थाबारे२०२५ सम्मको अवस्था (अपडेट र विश्लेषण)1. निर्माण पुनरारम्भ र स्वामित्व परिवर्तन२०२४ को मध्यदेखि भरतपुर महानगरपालिकाले स्टेडियम निर्माण अगाडि बढाउने प्रक्रिया सुरु गर्यो।धुर्मुस-सुन्तली फाउन्डेसनले आर्थिक समस्या र स्रोतहरूको अभावका कारण जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।
नयाँ निर्माण सम्झौता: “Himalayan Kalinchowk BBR JV” नामक कम्पनीले काम गर्छ।
नयाँ सम्झौतामा स्टेडियमको अनुमानित लागत ~ रु ७८५ मिलियन तय गरिएको छ।
सहमति अनुसार निर्माणलाई ३० महिनामा पूरा गर्ने लक्ष्य रहेको छ।
2. निर्माण प्रगति
जनवरी २०२५ को रिपोर्ट अनुसार, निर्माणको करिब १५ प्रतिशत काम बाँकी रहेको भनिएको थियो।
VIP टावर, पर्खाल (parapet), ड्रेनेज प्रणाली तथा अन्य संरचनाका कामहरूमध्ये केही भाग जारी छन्।
यसै समयमा, स्टेडियमको फिल्ड (मैदान) माथिको शीर्ष सतह सफा गरिएको छ र पानी निकास (drainage) को लागि आधुनिक प्रविधि प्रयोग गरिने योजना छ।
3. बजेट र वित्तीय चुनौतीहरू
२०२५ मा, “बजेट फ्रिज” (बजेट रोकावट) को समस्या आएका छन्: करिब रु १०५ मिलियन (१ अर्ब पन्ध्र लाख) बजेट गत वर्षमा अनस्पेन्ड भएको भन्ने समाचार छ।
संघीय र प्रदेश सरकारले बजेट छुट्याएका हुन्, तर निर्माण कम्पनीले अपेक्षित गतिमा काम नगरेको र भुक्तानका समस्या आएको छ।
भारतपुर महानगरपालिकाले पनि यसको गति बढाउन निर्माण कम्पनीलाई दबाब दिएको छ।
4. सरकारी समर्थन र राष्ट्रिय महत्व
संघीय सरकारले यस स्टेडियमलाई “राष्ट्रिय गौरवको आयोजना” को रूपमा हेरेको छ।
तीन तहको सरकार (संघीय, प्रदेश, र महानगर) बीच साझेदारी छ — यो परियोजनामा सबै तहले लगानी गर्ने सहमति भएको छ।
स्क्रिनीमा राजनीतिक टिप्पणी पनि आएको छ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन् कि उनले प्रारम्भमै धुर्मुस-सुन्तलीलाई “यो काम कठिन हुनेछ” भनेर चेतावनी दिएका थिए।
5. स्वास्थ्य र व्यक्तिगत असर
धुर्मुस (सीताराम कट्टेल) माथि आर्थिक दबाब र तनाव भएको समाचार छ, विशेष गरी भुक्तानी प्रक्रियामा ढिलाइका कारण।
संघिय सरकारबाट विनियोजित बजेट सिधै कानुनका कुनै धाराले नछेक्नेगरि धुर्मुसका बाँकी ऋण तिर्दिएर राज्यले अभिभावकतब ग्रहण गर्नसक्नुपर्दछ । बजेट र प्रशासनिक प्रक्रियाका कारण उनीहरूलाई आफ्नो योगदान र जिम्मेवारीलाई लिएर विवाद र आलोचनाहरू पनि भोग्नु परेको छ ।





