जनताको आवाज

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) काे ३ महिने अभियान संचालनमा

जनमुक्ति खबरदाता , महावीर नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी )ले जनयुद्धको झल्को दिनेगरि संगठन विस्तारकाे कार्य अघि बढाएको छ । जनसंगठन विस्तार संगै देशैभरि पर्चा पम्पलेट सहित भित्तेलेखन कार्य पनि अघि बढाएको जनाएको छ ।

नेपाली भुमिमा १० वर्षको महान जनयुद्धकाे रक्षा र सर्वहावर्गकाे अधिनायकत्व स्थापित नहुन्जेलसम्म क्रान्तिकाे झण्डा झुक्न नदिने अभिप्रायका साथ संगठन विस्तार तथा जनसम्बन्ध स्थायित्व राख्न ३ महिने अभियान संचालन गरेको नेकपा ( माओवादी ) का कार्यवाहक महासचिव रणवीरले बताएका छन ।

देशको विग्रदाे अवस्था र प्रतिगामी शक्तिहरु सबलाईरहेकाे वेला उक्त पार्टीले घाेषणा गरेकाले जनस्तरमा अर्थपुर्ण रुपले हेरिरहेको एक स्राेतले बताएका छन् । विगतमा पनि जबजब दलाल र भ्रष्टहरुका विरुद्धमा संघर्षरत पार्टीले आवश्यक परे अर्को जनयुद्ध गर्ने बताएका छन् । हालै मात्र राजावादीको चहलपहलले छिट्टै देश वैज्ञानिक समाजवादी बाटोमा हिड्न बाध्य हुने बताए उक्त ३ महिने अभियान पार्टीका का.वा. महासचिवले वैठक स्थलवाटै उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु