“इतिहास फर्केर हेर”

“इतिहास फर्केर हेर”

शक्ति साम्राज्यका इतिहास हेर

लादेन, हिटलर र प्रभाकरणहरु हेर

आवाजमा प्रतिबन्ध लगाउनेहरु

राणा, पञ्चे र ज्ञानेन्द्रहरु हेर

शक्ति साम्राज्यका निरिह पात्रहरु

ज्वालमुखी र सुनामिहरु झैं

प्रलयका आँधी र भूकम्पहरु झैं

उर्लीएको खहरे र छाळहरु झैं

अत्याचार पछिका बिद्रोह हेर

लाठी बजार्दै बन्दपर्खालहरुमा

भकुरिएका बिरालाहरु हेर

तिम्रा शक्ति साम्राज्यहरु

अत्याचार र ब्यभिचारका पहाडहरु

टुइन टावरका हविगत्तहरु झैं

लड्छन, भत्कन्छन र जलिरहन्छन्

तिमिले शक्तिको उन्मादलाई

गुट, झुण्ड र उपगुटहरुलाई

मैमत्त साँढेका हविगतहरुमा

छाडा छोडेर बढ्यौ भने

वीर छाडेका सुङ्गुरहरु झैं

उट्पट्याङ्ग गर्दै गयौ भने

जग बिनाका महलहरुमा

बोझका भारहरु थप्यौ भने

हिरोसिमा र नागासाकिहरुका

हिटलर, प्रभाकरण र लादेनहरुका

राणा, पञ्चे र राजाहरुका

अस्तित्व समाप्त भएसरी

तिम्रो बर्बरताको वर्तमान

पनि एकादेशका कथाहरु झैं

इतिहासका पानाहरुमा

मात्र सिमित हुनेछ ।

✍️मनिष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित