भक्तजनद्वारा बिक्रमबाबाकाे पुजा- अर्चना सहित यस वर्षको सम्पूर्ण अनुष्ठान सम्पन्न ।
जनमुक्ति खबर सम्वाददाता, चितवन ।

हरेक वर्षको चैते दशैंकाे अौंसी देखि पुर्णिमा सम्म १५ दिन सम्म लाग्ने बिक्रमबाबाकाे मेला आज सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत केरुङा मध्यवर्ती उपभोक्ता समिती जगतपुर र पटिहानी मध्यवर्ती उपभोक्ता समितिकाे अगुवाइमा केही वर्षदेखि यस मेलालाई व्यवस्थित गरिदै आएकाे केरुङा मध्यवर्ती उपभोक्ता समितिका सदस्य गंगा तिवारीले बताउनुभयो ।
सयौं वर्ष अघि चितवन थारु , बाेटे र कुमालहरुकाे बाहुल्यता थियोे , भनाै थारुहरुकाे मात्रै बसाेबास थियोे । थारु समुदायमा अन्य समुदायका जस्तै बैद्य झारफुक र अौषधिमुलाे गर्ने व्यक्ति हिजोआज हामी डाक्टर भन्छाैं । उतिबेला आफ्ना समुदायको जीवनरक्षा र सुखवृद्धिका लागि काम गर्ने व्यक्ति लाई गुराैं भन्दछन । उक्त समुदाय मा तीन तहका गुराैं हुन्छन । ती मध्येका तन्त्र- बिद्यामा पाेख्त बिक्रमबाबा पनि एक शक्तिशाली गुरु थिए । थारुसमुदायले राजा बिक्रमादित्य नै बिक्रमबाबा हुन भन्ने गर्दछन ।

उनलेे नै जनतामा परेको पिरमर्का राेगव्याधि,सन्तान नभएका परिवार , बालिनाली बिग्रँदा हाेस वा वर्षौ सम्म पानी नपरि खडेरी लाग्दा सबैका मुक्तिदाता बिक्रमबाबा नै हुन भन्ने जनविश्वास थियो । यसै शिलसिलामा जनताका निम्ति अोखतीमुलाे खाेज्न जंगल तिर लागे हाल हामीले सालकाे रुखमा पुज्ने ठाउँ ।
त्यहाँ पुगेपछि बिक्रमबाबा ध्यानबसि ब्रम्हलिन भए । तर केही थारु समुदायले बिक्रमबाबालाई बाघले खाएको भन्ने कथन छ । जनताको सुखदुःखमा साथ दिने आफ्ना गुराैं लामाे समयसम्म पनि घर फर्केनन् जनतामाथि दुख:कष्ट बढ्न थालेपछि खाेज्न जाँदा अहिले हामीले पुजा- आराधना गर्ने स्थलकाे रुखमुनि हाडखाेर देखेपछि सम्पुर्ण समुदाय नै उपस्थित भै परिवार द्वारा काजकिरिया गर्ने र हरेक वर्ष चैते दशैंकाे अौंसीदेखि पुर्णिमा सम्म पुजा आराधना गर्ने वाचा गरेपछि समुदायको दुख:कष्ट हरण भयाे । अहिले बिक्रमबाबा मेलामा आम नेपालीहरुकाे उल्लेख्य सहभागीता रहदै आएको छ । आफ्ना दुख:कष्ट हरण गर्न सन्तान प्राप्तिकाे भाकल पूरा गर्न बाेकाे र परेवाकाे बलि चढाउन ,नरिवल ,सुपारी र सालका हांगा गाड्न हरेक वर्ष झैं यस
वर्ष पनि देश- विदेश देखि लाखौं भक्तजनहरुले पुजा- आराधना गरेका छन ।
र सदियाैं देखि यहि मासमा बिक्रमबाबा मेला भर्ने चलन रहेको छ ।