विद्यमान राजनीतिक निकासका लागि नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले गर्याे आह्वान ।
जनमुक्ति खबर डेस्क ।
२०४६ पछि प्रजातन्त्र बहाली भएको करिबकरिब ३६ वर्ष लागेको छ । यसै बिचमा नेपाली जनताको राजनीतिक चेतकाे विकासक्रममा प्रजातन्त्रवादी र कम्युनिस्ट पार्टीहरुकाे नेतृत्वमा विभिन्न माग सहितका आन्दोलन भएका थिए । चरम गरिबी अवस्थामै नेपाली कम्युनिस्ट पार्टीहरुले जनतालाई विभिन्न मुद्दाहरुमा नयाँ संचार जगाएका थिए । नेपाली भुमिबाट सामान्य मजदुर / किसानकाे तर्फबाट राजनीतिक नेतृत्व लिएका व्यक्तिहरु प्रति जनताकाे अगाध प्रेम र विश्वास रहेको थियोे । यहि विश्वासको जगबाट नेपाली कम्युनिस्ट आन्दोलनमा वा भनाै अन्य राजनीतिक पार्टीहरु प्रति जनताको भराेसा बन्न सफल भएको थियोे । एवम् रितले जब २०४६ पछिका सरकार र त्यसका राजनीतिक नेतृत्वहरुले हिजाेका विरासतहरु बिर्सेर नेपाली जनताको भराेसा माथि पहिलोपटक घात र प्रतिघातहरु हुन थाल्याे । यसै विच कम्युनिस्टहरु पनि विभिन्न बहानामा टुटफुटमा विभाजन र एकताको प्रक्रिया चल्न थाल्यो र २०५२ फाल्गुन २ गतेदेखि नेकपा ( माओवादी ) गठन गरि एैतिहासिक कदम चाल्याे र जनयुद्धको शुरुआत भयो । करिबकरिब यस समयमा नेपाली जनताको चाहाना बमोजिम नेकपा ( माओवादी ) जनजनकाे मनमा बस्न थाल्याे र १० वर्ष सम्मकाे भिषण आन्दोलनले दलित,जनजाति ,मधेसी ,मुस्लिम ,अल्पसंख्यक ,सुकुम्बासीमा नयाँ संचार जगायाे तर जब सरकार र माओवादी बिचमा विनविनकाे थ्याैरीकाे परिकल्पनामा माओवादी र सात राजनीतिक दल र सरकार बिचकाे मध्यविन्दुमा सम्झौता भयाे । हामीले बुझ्नुपर्ने कुरा के छ भने कुनैपनि राजनीतिक दल जब सरकार र शहर केन्द्रीत भए तब हिजो गरेका बाचाहरु भुल्नथाले र जनता फेरि पनि राजतन्त्रात्मक व्यवस्था जस्तै पिडित बन्न पुगे । हुनत हाल नेपालमा कहिलेकाहीँ राजावादीहरु बेला बेलामा त सल्बलाउछन् तर तिनले भन्दा पनि आँफैले जिताएर पठाएका जनप्रतिनिधिको दिन दुईगुना र रात चार गुणाकाे हिसाबले धनी हुदै गए आलिसान महल बन्दै गरे प्राडाे संस्कृतिकाे विकास हुन थाल्याे तर जनता भने जहाँकोतँहि रहे दिनानुदिन महंगी , भ्रष्टाचार , सरकारी कार्यालयमा ढिलासुस्ती र घुस नखुवाइ कुनै काम नबन्ने र जनता जतिसुकै श्रमगर्दा पनि पिडित बन्नुपरेकाे लगभग ०४६ पछि ३६ वर्ष र ०६२/०६३ पछि १९ वर्ष नेपाली जनताको सुनाैलेा भविष्यमाथि खेलवाड भयाे । हाे यसैकाे प्रतिबिम्बित आन्दोलनको रुपमा २८ वर्ष मुनिका ( जि एन जी पुस्ता ) युवाहरु आक्राेसित भए र सरकार नै ढल्ने गरि संघर्ष गरे अन्ततः हिजोआज हामी यसैकाे समाधानका निम्ति नयाँ राजनीतिक , आर्थिक र सांस्कृतिक प्रणालीका बारेमा हाम्रो नेपाल भन्ने फाेरमले जारी गरेको अपिलमा समर्थन सहित हाम्रो पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिएको छ । श्राेत- नेकपा ( माओवादी ) का केन्द्रीय कार्यालय सदस्य , सितल