जनताको आवाज

सन्दर्भ : स्मृतिमा लेनिन र नेकपा स्थापना दिवस

लेखक:कमरेड हमास केन्द्रीय समिति सदस्य ,नेकपा ( माओवादी )

१६ अप्रिल १९१७ पेट्राेगार्ड स्टेशनमा एउटा रेल टक्क राेकियाे । उक्त रेलगाडि बाट मैलो – झुत्राे कपडा लगाएका साधारण देखिने एकजना बलिष्ठ शरीर तर हाेचा पुड्का मानिस ओर्लिए । पेट्राेगार्डमा श्रमिक मजदुरहरुकाे अपार भिड थियोे । उक्त भिड्ले हाम्रा महान नेता जिन्दावाद ! जिन्दावाद !! भन्दै नारा घन्काउदै काँधमा बाेकि शहरतिर अघि बढे । उनी थिए रुसका सर्वहारा किसान – मजदुरका पिता लेनिन । बाल्यकाल देखि नै लेनिन गम्भीर र विचाराेत्तेजक थिए । गित,मनाेरन्जन र धर्म प्रति उनको तेति लगाव थिएन । त्यसैले लेनिन विश्व चर्चित र रुसका महान नेता बने त्याे समयमा रुसमा जार शाहि ( राजा ) काे निरंकुश शासन थियो १८८७ मा उनका दाजु अलेक्जेण्डरलाई रुसि राजाकाे हत्या याेजनाकाे दाेसि करार गरि मृत्युुदण्ड दिईयाे । त्यसैबेला देखि विद्रोही बनेका लेनिनलाई विश्वविद्यालयकाे एक छात्राहरूको आन्दोलनमा सहभागी बनेको भन्दै विश्वविद्यालयबाट निस्कासन गरियो । पछि उनी घरमै बसि वकालत सम्बन्धि स्व- अध्ययन थाले र उक्त समयमा कार्लमार्क्सकाे क्यापिटलिज्म अध्ययन गरे ।अध्ययन पछि उनी मार्क्सबाट प्रभावित भए उनलाई रुसि जारकाे सत्ताले देश निकाला गरेको थियोे ।दस वर्ष सम्मकाे निर्वासित रुसी जनताकाेपक्षमा नयाँ रुसको परिकल्पना गरेका थिए र रुसी जनतालाई वचन दिएका थिए । भाेका निम्सराे रुसी जनताका पक्षमा त्यहाँका सामन्त धनाढ्यहरुकाे किल्लाहरु भत्काउदै नयाँ रुस निर्माणका आधार तयार गर्दै अघि बढे रुस विशाल थियोे यति ठुलो थियोे कि ६००० माईल सम्म फैलिएको थियोे तेत्राे विशाल देशलाई हरिकंगाल बनाउन त्यहाँका शासक जार ( राजा ) ढलिमलि गर्दथे । जनताहरु भाेकै हुन्थे , खेतमा गाेरु झैं जाेतिन्ते तर आफ्ना केटाकेटी र आफू भाेकै सुत्नुपर्दथ्याे भरपेट कहिल्यै खान पाउदैनथे । किसानहरु अति पिडित थिए। उता शहरमा कलकारखानाहरु थिए त्यहा पनि श्रमशाेषण हुन्थ्यो । १८ घण्टा काम गर्दा पनि राम्रो खानलाउन पाउदैनथे । फाेहाेर बस्तीमा बस्नुपर्दथ्याे , मजदुर र उनका छाेराछाेरीहरु विरामी पर्दथे तर पुजीपतिहरुले काममात्र लगाउने उपचार गर्न पैसा दिदैनथे र सयौं मजदुर र बालबालिकाहरु मर्नुपर्दथ्याे । यी सबै घटना पछि मजदुरहरुले पेटभर खान पाउनुपर्ने र स्वास्थ्य सुविधा लगाएतका माग राख्दै सन १९०५ मा आन्दोलन गरे र यहि आन्दोलनमा जारका सेनाहरुले सयौं मजदुरहरुकाे गाेलिहानि हत्या गरे । आन्दोलनले जारकाे सत्ताकाे विरुद्ध बीउ राेपियाे यसरी नै जारकाे निरंकुशतन्त्र झांगिदैगयाे । उता लेनिन भने साइवेरियामा बन्दी जीवन बिताईरहेका थिए । उनी स्केट खेल्दथे । तर त्यहाँखुला हिडडुल गर्न पाईन्थ्याे यसै बिच एकजना क्रुप्सकाया भन्ने केटि संग भेट भयाे पछि लेनिनको उनी संगै विवाह भयो । उनिहरु एक- आपसमा क्रान्तिका विषयमा छलफल गर्थें क्रुप्सकाया पनि क्रान्तिकारी बनिन । यसैविच साईवेरियाबाट लेनिन मुक्त भए त्यसपछि जर्मनी गए र स्क्रा ( झिल्काे ) भन्ने पत्रिका निकाले उनकाे वास्तविक नाम भ्लादिमिर उल्यानाेभ बाट लेनिन त्यसैदिन बनेका थिए । झिल्का पत्रिका सम्पूर्ण मजदुरहरुकाे हात- हातमा पुर्‍याउन थालियो मजदुरहरु जुरमुराउन थाले जारका विरुद्धमा संघर्ष केन्द्रित हुन थाल्यो । ठुला- ठुला हडताल हुनथाल्याे किसानहरूले पनि माेर्चा कस्न थाले लेनिन रुस आए नयाँ बाेल्सेभिक पार्टी गठन गरे सम्पूर्ण मजदुर / किसान र जारका सिपाहीहरु पनि बाेल्सेभिक पार्टीमा समाहित हुँदै गए रुसमा बाेल्सेभिक पार्टीको मुखपत्र प्राप्धा प्रकाशित भयाे । रसिया भरि नै लेनिनको विचारहरु फैलाईयाे। हातहतियारहरु संकलन गर्न थालियाे र साेहि दिन १७ नाेभेम्वर १९१७ मा बैंक रेल स्टेशन , हुलाकघर र टेलिग्राम कब्जा गरे । त्यसैदिन पिट्सवर्गलाई चारैतिरबाट घेराउ गरे त्यसपछि जार (राजा) गद्दी छाेडि भागे यसरी लेनिन नयाँ जनवादी रुसकाे राष्ट्र प्रमुख बने । उनी राष्ट्राध्यक्ष हुदा उनका सामु ठुला ठुला समस्याहरु यथावत् थिए एकै पटक ती समाधान गर्न सम्भव थिएन । लेनिनले विस्तारै विस्तारै नयाँ रुसकाे खाका काेरे नयाँ आर्थिकनीति लागू गरे । मजदुर , किसानहरुकाे हित अनुकुल नयाँ प्रविधि भित्र्याए र मजबुत रुस बनाए । यसै समयमा लेनिन दैनिक १८-२० घण्टा सम्म काम गर्थें । उनी राष्ट्रपति हुदा पनि साधारण जिवनशैलीमा हुन्थे , तेहि पुरानो मैलो कपडामा हुन्थे ठुलठुला कार्यक्रम र समारोहमा मजदुर / किसानलाई प्राथमिकतामा राख्थे । एकपटक त राष्ट्र प्रमुखलाई भेट्न विद्वान र पुजिपतिहरु एउटा फुस्राे , मैलो कपडा लगाएका हाेचाे पुड्को मानिस संग भेट हुदा उनिहरु यत्राे राष्ट्रकाे राष्ट्रप्रमुखकाे जिवनशैली देखि दंग हुँदै प्रभावित भएका थिए । यसरी काम गर्दागर्दै उनलाई प्यालाईसिस भयो । उनलेे आफ्ना सहयोगी वा सेक्रेटरी ( सचिवालय ) कहिले राखेनन , उनले चिठिपत्र आफै लेख्थे दाहिने हातले काम गर्न छाेडेपछि देब्रे हातले लेख्न र काम गर्न थाले यसै क्रममा सन् १९२४ लेनिनको निधन भयो । तर आज हामी तेहि कम्युनिस्ट धरातलबाट आएका नेपाली नेताहरूले देखाएको विलासी जिवनशैली , आत्मकेन्द्रित अर्थवाद र दलाल पुजीवादी संस्कारमा चुर्लुम्म डुबेको देख्दा कठै लेनिन तिम्रो शिक्षा उल्टाे अध्ययन गरेका यी अपराधीका विरुद्धमा अर्को लेनिनकाे आवश्यकता महसुस भएको छ १५६ आैं लेनिन दिवस सदा सच्चा सर्वहारावादी र देशभक्त बन्न प्रेरित गराेस ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु