नेकपा ( माओवादी ) द्वारा नेपाल शिक्षक महाँसंघकाे जारी आन्दोलन प्रति ऐक्यबद्धता
नेपालकाे शिक्षा नितिमा आमूल परिवर्तन एवं शिक्षकहरुकाे हकहितका निम्ति चैत्र २० गतेदेखि जारी आन्दोलन प्रति नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले वक्तव्य जारी गरेको छ ।

विगत २ वर्ष अघि नेकपा ( विप्लव ) र बहुमत पार्टीले नेपाली जनक्रान्तिलाई धाेखा दिएको भन्दै महावीर नेतृत्वमा गठन गरेको उक्त पार्टीले विद्यार्थी , शिक्षक,राष्ट्रिय पुजीपती एवं जनताको जनजिजिविका र भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्दै आएको उक्त पार्टीका कावा महासचिव रणविरले बताएका छन । यसै शिलशिलामा विगत ११ दिन देखिकाे आन्दोलनमा राज्यले बेवास्ता गरेकाे र शिक्षकहरुकाे माग प्रति सरकार उदासिनभएको भन्दै आक्राेश व्यक्त गरेका छन् । कावा. रणविर द्वारा हस्ताक्षर गरेको उक्त वक्तव्यमा विगतका सरकार झैं यदि याे सरकार शिक्षकहरु प्रति संवाद र वार्ताको नामा फेरि पनि धाेका दिने स्थिति सिर्जना हुने भन्दै सचेत रहन आम शिक्षाप्रेमी आन्दोलनकर्मीलाई सुझाव दिदै पुर्ण न्याय नहुन्जेलसम्म आन्दोलन जारी राख्न अनुराेध गरेका छन ।