जिवनकाे भिख माग्दै दुर्गा प्रसाईं
जनमुक्ति सम्वाददाता , काठमाडौं । धर्म राष्ट्र र राष्ट्रियता बचाउ महाअभियानका संयाेजक दुर्गा प्रसाईं भारतकाे आसाम राज्य अन्तरगतका प्रहरी सामु चैत्र २८ गते मध्यान्ह आत्मसमर्पण गरेका छन् । गत चैत्र १५ गतेका लागि पुर्वराजा ज्ञानेन्द्र शाहले जनकमाण्डर घाेषणा गर्दै राजसंस्था र हिन्दुराज्य स्थापनार्थ काठमाडौंकाे तिनकुनेमा आयाेजित कार्यक्रममा २जनाकाे ज्यान समेत गएको , दुई दर्जन भन्दा बढी घाईते भएको , जडिबुटी अौषधि लिमिटेड ध्वस्त बनाएकाे ,

दर्जनभन्दा बढि निजी व्यवसायी संस्थामाथि ताेडफाेड र आगजनी गरेको ,संचारगृह कान्तिपुर , अन्नपूर्ण पाेष्ट , हिमालयनटिभी माथि ताेडफाेडअन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन डिपाेमा आगजनी गरेको ,नेकपा ( समाजवादी ) काे पार्टी कार्यालयमा ताेडफाेड गर्न प्रदर्शनकारीलाई उत्प्रेरित गरेको र शसस्त्र प्रहरी ब्यारिकेड ताेड्दै भागेका दुर्गा प्रसाईं केही दिन देखि आफू भारतीय भुमिमा बसि नेपाल मै छु आफू नभागेकाे तर जीवन रक्षाका लागि सुरक्षित बसेकाे भन्दै भिडियो सार्वजनिक गर्दै आइरहेका उनि हाल सम्म बेपत्ता थिए । स्मरणीय छ केही वर्ष यता निमुखा सर्वहाराकाे नाम लिदै ,पिडित लघुवित्त र मिटर व्याजीकाे विरुद्धमा बाेल्दै निम्नवर्गमाथी धाेखा दिदै अन्त्यमा सामन्ती राजतन्त्रात्मक व्यवस्थाकाे पक्षमा वकालत गरेका कारण पुर्व कार्यक्रममा जसाे जनताको न्यून उपस्थिति थियो । उक्त कार्यक्रम खल्लो साबित हुने डरले पुर्वयाेजना अनुसार ठाउँ ठाउँमा लुटपाट र ताेडफाेडमा उत्रिएका थिए । नेपाल प्रहरीलाई चक्मा दिदै उपत्यकाबाट आफ्ना सहयाेगी सहित भागेका अन्ततःलगत्तै भारतीय भुमि मै आत्मसमर्पण गरे प्रसाईंलाई केन्द्रीय अनुसन्धान व्यूराे सि आई बीले नेपाल लिएर आउने जनाएको छ । प्रसाईं ज्यान मार्ने उद्योग , संगठित अपराध , आगजनी र अभद्र उपद्रवकाे मुद्दा लगाउने सरकारकाे तयारी रहेको भनिएको छ ।