नेकपा ( एमाले ) द्वारा देशभर जागरण सभा
जनमुक्ति सम्वाददाता १९ चैत काठमाडौं ,
पछिल्लो समय राजावादीहरुकाे चहलपहल बढे संगै गणतन्त्र पक्षधरहरुकाे पनि दिनहुँजसो कार्यक्रमहरु भैरहेको छ ।

चैत्र १५ काठमाडौंमा राजावादीको हिंसात्मक प्रदर्शन पछि नेपाली कांग्रेसले सभा सम्मेलनहरुमा गणतन्त्रको पक्षमा बाेल्न थालेका छन भने नेकपा ( माओवादी )केन्द्र लगायतका समाजवादी माेर्चाले १५ चैत मै भृकुटीमण्डपमा विशाल जनसभा गरेको थियोे । यसै क्रममा राजावादीकाे हिंसात्मक कार्यक्रममा २ जनाकाे हत्या , दर्जनाै निजी घरहरु , सपिङ्ग मल , जडिबुटी अौषधी कम्पनी लगाएतमा आगजनीमा अरबाैंकाे नाेक्सानी पछि सरकारमा रहेको दल नेकपा ( एमाले ) ले गणतन्त्रको पक्षमा हिजो देशभर प्रदर्शन गरेको छ ।