समाजवादी माेर्चा र अराजक राजावादीको कार्यक्रम , एभिन्युज पत्रकार सुरेस रजककाे आगाे लगाई हत्या र विभिन्न ठाउँमा लुटपाट

१५ चैत, जनमुक्ति खबर सम्पाददाता:
पुर्व घाेषित् कार्यक्रम अनुसार काठमाडौंमा गणतन्त्र पक्षधर र पुर्वराजा पक्षधरकाे कार्यक्रम भयो ।

समाजवादी पक्षले कार्यक्रमलाई मर्यादित र अनुशासित ढंगबाट शहर परिक्रमा गरि भृकुटीमण्डपमा जम्मा भई साैहाद्र वातावरणमा सम्पन्न गरेकाे छ । पुर्वराजावादिले भने त्यसकाे ठिक उल्टो गरेको छ । जनमुक्ति सम्वाददाताका अनुसार हिजाे काठमाडौंकाे तिनकुने,काेटेश्वर,जडिबुटी र सिनामंगल स्थानहरुमा दिनभर नै तनावग्रस्त रह्यो ।

पुर्वराजा पक्षधर द्वारा एभिन्युजकर्मी पत्रकार सुरेश रजककाे आगाे लगाई हत्या गरे ।

स्थानीयहरुकाे घरमा आगजनी र व्यवसायीक सटरहरुमा ताेडफाेड गर्दै व्यवसायी मिनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केट काेटेश्वरमा ताेडफाेड साथै लुटपाट

संचार संस्था कान्तिपुर कम्प्लेक्स , अन्नपूर्णपाेष्ट, राजधानी दैनिकमा पनि ताेडफाेड साथै आगजनी प्रयास गरे त्यसैगरी नेकपा ( समाजवादी )काे कार्यालय ताेडफाेड गरे

त्यसै गरि नेकपा ( माओवादी ) केन्द्रकाे केन्द्रीय कार्यालय तर्फ टार्गेट गरेका थिए तर सुरक्षाकर्मीकाे बाक्लो उपस्थितिका कारण पुर्व राजावादीहरु पछि हटेका थिए । साँझ सरकारले आकस्मिक बैठक गर्दै सुरक्षा निकायका प्रमुख संगकाे छलफलपछि राति उक्त अराजकता फैलाउने कार्य गर्न उक्साहट गरेको भन्दै नेपाल प्रहरीले राप्रपाका रवीन्द्र मिश्र , धवल शमशेर राणा र राजावादी अधिवक्ता स्वागत नेपाल सहित १७ जनालाई पक्राउ गरेको छ । केही दिन अघि पुर्वराजालाई पुनःस्थापित गर्न भनि गठन गरेको संयुक्त जनआन्दोलन समितिका पुर्व पन्च नवराज सुवेदीलाई भने वयोवृद्ध भन्दै घरमै नजरबन्दमा राखेको जनमुक्ति खबरकर्मीले बताएका छन भर्खरै याे समाचार तयार गर्दा सम्म नेपाल पत्रकार महासंघले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न भन्दै सरकारलाई दवाब स्वरुप पत्रकार सुरेस रजककाे शाेकसभा गरिएको छ ।