समाजवादी माेर्चा द्वारा भाेली काठमाडौंमा सभा
जनमुक्ति खबर , काठमाडौं सम्वाददाता
केहि दिनदेखि नेपालकाे संसदीय राजनीतिक व्यवस्थामा कालाे बादल मडारिरहेकाे छ । सरकार जनताको भाेग राेग र अशिक्षा हटाउनुकाे साटाे दिनहुँजसो जनविरोधी कार्य गर्न उद्यत छ । जनताले अहिले सिजन अनुसारकाे बिउ- बिजन र रासायनिक मल किसान कहाँ पुर्याउन सकेको छैन , स्वास्थ्य बिमा अन्तरगतका कामहरु पनि देशैभरि चुस्त दुरुस्त गर्न सकेकाे छैन सरकारी काम कारवाहि , ठेक्कापट्टाकाे काम ढिलासुस्तीले जनता आक्रान्त छ । संसदकाे प्रतिपक्ष दलहरु सरकार प्रति विश्वस्त हुन नसकिरहेको बेला हिजो मात्रै आधिकारिक रुपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकाे छ ।

यसै बिचमा प्रतिपक्ष दलहरु, स्वतन्त्र नागरिक समाजका अगुवाहरु,लेखक,कलाकार ,पत्रकार र हिन्दुराष्ट्र र पुर्वराजाकाे पुनरागमनकाे मुद्दा बाेकि हिड्ने विभिन्न समुह लगाएतका आन्दोलनले काठमाडौं तातिरहेको अवस्थामा भाेली गणतन्त्र पक्षधर र पुर्वराजा पक्षधरकाे छुट्टाछुट्टै कार्यक्रम रहेको छ ।पुर्व राजा पक्ष बाट दुर्गा प्रसाईं समुह,राप्रपा नेपालकाे अगुवाइमा हुनेछ भने ,गणतन्त्र पक्षधरमा नेकपा ( माओवादी ) केन्द्र , नेकपा एस र विप्लव नेकपाकाे संयुक्तरूपमा कार्यक्रम रहेको छ ।
Enter