मन्त्रीपरिषद्को निर्णय फिर्ता लिन सरकारलाई ने.क.पा(माओवादी)को चेतावनी
महावीर नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आज एक विज्ञप्ति जारी गरि तत्काल उर्जा तथा जलश्राेत मन्त्री दिपक खड्कालाई पद बाट बर्खास्त गर्न र हिजोको क्याविनेटकाे कुलमानलाई हटाउने निर्णय कार्यान्वयन नगर्न र विद्युत प्राधिकरण का निर्देशक कुलमान घिसिङलाई पदबहाली गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) का कार्यालय सचिव अशाेककाे हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा भनिएकाे छ यदि यस विषयमा सरकारले उचित सम्बाेधन नगरे जनताले कारवाही गर्ने भन्दै चेतावनी दिएको छ ।

पुर्ण पाठ सहित:
नेपाल विद्युत प्राधिकरण अर्बौं घाटामा थियोे।लुट,महसुल छुट,घाटमा गएको संस्थाबाट बोनस,ठुला उद्योगहरुबाट महसुल नउठ्नु जस्ता समस्यामा ग्रसित प्राधिकरण टाट पल्टिएको थियो।नेपाली जनाता लोडसेडिङको मारमा भनाै या अन्धकारमय जीवन जिउन बाध्य थिए।यी तमाम समस्या ग्रसित नेपाल विद्युत प्राधिकरणको कार्यकारीक निर्देशकमा कुलमान घिसिङको नियुक्ति पछि नै नेपाली जनता अन्धकारबाट मुक्त भएको छर्लङ्ग छ।घाटामा गएको संस्था नाफामा लैजानु,देशलाई अन्धकारबाट मुक्त गर्नु,महसुल नतिरी उद्योग चलाउने उद्योगीमाथि दण्ड चलाउनु र समय सापेक्ष विद्युत आयात र निर्यात गर्नु कुलमानको योगदानलाई नेपाली जनताले नकार्न सक्दैन । हाम्रो पार्टी ने.क.पा(माओवादी)ले यो सरकार दलालहरुको हो। दलाल राज्य सत्तामा सरकारमा रहने भनेकै दलालहरुको प्रतिनिधि हो।यीनिहरुबाट हुने हरेक कार्य दलालहरुको सेवा,सत्कार चाकरी नै हो भन्दै आएका छाै।उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काको अभिव्यक्ति “नेपाल लोडसेडिङ मुक्त हुनुको जस भारतलाई जान्छ” भन्नुले पनि पुष्टि हुन्छ।कोबाट परिचालित र को कस्को पात्र नेपाली जनतामाझ छर्लङ्ग छ।आजको मन्त्रीपरिषदको निर्णयले यो सरकार दलाल,भ्रष्ट र विचाैलिया हो ।कुलमानलाई हटाउने निर्णयले के प्रष्ट पार्छ भने कसलाई हटाउने कसलाई बनाउने भन्ने ताकत नेपालमा दलाल,भ्रष्ट ,तस्कर,विचाैलिया र घरानाले राख्छन् भन्ने कुरा सावित गरेको छ। अन्ततः हाम्रो पार्टी ने.क.पा (माओवादी)उर्जा तथा जलस्रोत मन्त्रीले संसदमा दिएको अभिव्यक्ति “नेपालमा लोडसेडिङ मुक्त हुनुको जस भारतलाई जान्छ”भन्ने अभिव्यक्ति राष्ट्रियको हित विपरीत भएकाले तुरुन्त बर्खास्त गर्न। र सोमबार बसेको मन्त्रीपरिषद्को कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी माग गर्द छ। अन्यथा नेपाली जनताले नै कारबाही गर्नु पर्ने अवस्था सृजना नगर्न सरकारलाई चेतावनी दिन चाहन्छ।
क्रान्तिकारी अभिवादन सहित ।