घटनाक्रम

जनयुद्धका बाल सेनामाथी सरकारी कुदृष्टि

जनमुक्ति खबर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता एब विश्वनाथ चौधरी (महेस) विगत १० महिनादेखि चितवन कारागारमा बन्दिजिवन बिताईरहेका छन् । जनयुद्धको रापताप चलिरहेकै बखत २०५४ सालमा एस.एल.सी दिएर बसेका महेसलाई पनि जनयुद्धको हावाले हुत्याएर बाल सेनामा भर्ति भए । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ जब्कामा जन्मिएका महेस चितवनका समथर भुभाग हुदै चेपाङ बस्तिका पहाडी भुभागहरुमा सेना र संगठन निर्माण गर्न अहोरात्र खटे । पहाडी भुभागमा काम गर्दा समथर भुभागका तेहिमाथि थारु समुदायका ईमानदार र साहसी युवा जनयुद्धका महत्त्वपूर्ण मोर्चाहरुमा सहभागी हुने क्रममा नेपाल कै चर्चित आक्रमणको कृष्णभिरको लडाइँको कमाण्डो ग्रुपको सदस्य भई पहिलो फाएर खोलेका उनि विपरीत दिसाबाट आएको गोलिका छर्रा लागि घाइते समेत भएका थिए त्यसै क्रममा उपचार गर्दागर्दै पुरानो मेडिकल कलेज परिसरबाट संकटकालमा गिरफ्तार भए र सेनाको कठोर यातनाबाट प्रताडित उनलाई ३ महिना वेपत्ता बनाएका थिए, संयोगवस आईसि आरसी र मानवअधिकार वादिहरुको दबाबमा ३ महिना पछि शाही नेपाली सेना उनलाई छोड्न बाध्य भयो र पुनः पार्टी सम्पर्कमा काम गर्दागर्दै जनमुक्ति सेनाको कम्पनी कमान्डर हुदै पार्टी शान्तिवार्तामा आउदा वाई. सि. एल. हुदै पार्टीको क्षेत्रीय व्यूरो सदस्य हुदै चितवन पार्टीको मुख्य जिम्मेवारीमा रहि काम गर्न थाले । २०६४ पछिका दिनहरुमा पार्टी भित्र गरिखाने वर्ग र गराईखाने वर्ग उत्थानको क्रम संगै पार्टीको हार्डलाईनरको रुपमा खडा भए बैध्य, विप्लव र धर्मेन्द्रहरु संगै क्रान्तिकारी लाईनमा हुदै उनिहरु क्रान्तिमा ईमानदार नभएको र कार्यकर्तालाई भ्रममा पारेको क्रान्तिलाई विघटनको दिसामा लगेको भन्दै २०८० को श्रावणमा आफुलगाएत साथीहरूको पहलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरि दिर्घकालिन जनयुद्धको बाटोमा लामबद्ध थिए । र पार्टीले गठन पश्चातै देशका विभिन्न भागमा भ्रस्ट शासक र शोषणजन्य अखडाहरुमा धावा बोल्यो र संघर्षको शुरुआत गर्यो । तर तत्कालीन सरकारले विना प्रमाण तथ्यहिन प्रमाणको भरमा चितवनको स्मलहेवन बसमा आगजनी, तनहुँको बाराहि कलेजको गाडीमा आगजनी, लघुवित्त अफिसमा पेट्रोल बम प्रहार र काभ्रेको बुद्धचित्तको रुख काटेको अप्रमाणित घटनाका दोषी भन्दै विगत दस महिना देखि चितवन कारागारमा पुर्पक्षमा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले उनको अविलम्ब सम्मान सहित रिहाइको माग गरेकाे छ । हाल उनि शाेसी मा विकाे अध्यक्ष समेत रहेका छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु