अर्थ

भरतपुर २४ का महिलाहरु लघुउद्यम तर्फ आकर्षित

पश्चिम चितवनको दक्षिणी भेग भरतपुर महानगरपालिका २४ का महिलाहरु उद्यमी बन्दैछन । भरतपुर देखी २४ किमि काे दुरीमा पहिलोपटक त्यहाँका महिलाहरु कृषि पेसा साथै विभिन्न तालिममा सहभागी हुदै आएका छन यसै सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिई बाटेकाे धुप उत्पादन गरिरहेका छन् । प्रयास महिला बहुद्वेशिय कृषक समुह दर्ता गरि अन्य घरेलुु उपजलाइ बजारिकरण गर्ने र निकट भविष्यमा लघुउद्यम कार्यक्रम गर्दै जाने र महिला पुरुषका मात्र भर पर्दा अनेक विषयमा पछि परेकाले अब हाम्रो समुहबाटै सबै काम गर्दै जाने समुहकि अध्यक्ष सुसिला तामाङले बताईन ।
भरतपुर २४ का वडाध्यक्ष राम गाेदारले यस समुहलाई विभिन्न तालिम तथा आवश्यक सहयोग गर्ने बताएका छन् । समुहका उपाध्यक्षमा चन्द्रकला मिजार, सचिवमा निर्मला बयलकाेटी,काेषाध्यक्षमा फुलमाया मगर र सदस्यहरुमा तारा कार्की , जानकी तिमल्सिना ,अन्जना क्षेत्री ,सुस्मा गुरुङ,सावित्री सारुमगर,राधिका खनाल ,कल्पना तामाङ ,बालकुमारी कार्की ,माया सुनार,मुना नेपाली र लक्ष्मी नेपाली कार्यकारी समिति सहित टाेलभरिका महिलाहरुकाे उल्लेख्य सहभागिता रहेकाे छ ।
———राज तिमिल्सिना ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु